नयाँ ई कमर्श प्लेटफ ‘किन्निहो डटकम’ सञ्चालनमा


दैनिक रुपमा प्रयोग हुने सामानहरू एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श प्लेटफर्म किन्निहो डटकम (kinniho.com) ले सेवा सुरु गरेको छ ।

कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध हुने जनाएको छ । सेवा सुरु गरेको एक महिनासम्म निशुल्क डेलिभरी दिने प्लेटफर्मले जनाएको छ ।

सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने प्लेटफर्मद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।