सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) का बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् ।

कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको हो ।

इन्स्योरेन्सले तिर्नु पर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, तिर्नु पर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

त्यस्तै, तिर्नु पर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

साथै, कम्पनीले कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फोन पे, सेल पेस र आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नवीकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत कम्पनीले मिलाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।