रिलायबल नेपाल लाइफको ६० करोडको आईपीओ जारी गर्ने प्रस्ताव पारित हुँदै

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न हुने तेस्रो वार्षिक साधारणबाट सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने विशेष प्रस्ताव पारित हुँदैछ ।

कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंबाट दिउँसो १ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

उक्त सभाले बीमा समितिले तोकेको न्यूनतम पूँजी कायम गर्न जारी पूँजीको ३० प्रतिशत अर्थात प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६० लाख कित्ता शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्न लागेको हो ।

कम्पनीले यसअघि पनि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि त्यसले पूर्णता पाउन नसकेपछि पुनः सर्वसाधारणलाई छुट्याइएको साधारण शेयर सभाबाट पारित गर्न लागेको हो ।

त्यसैगरी, सभामा सञ्चालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी गर्ने एजेण्डा छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्तिको अनुमोदन प्रस्ताव पनि सभामा रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।