एनएमबि बैंकले बचतमा वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै व्याज दिने, अनलाईनबाट खाता खोल्न सकिने


एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्घेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ ।

यो व्याजदर बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज भएको बैंकले जनाएको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ ।

“बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।