प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित हुँदै

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न हुँदैछ ।

आज सम्पन्न हुने सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

यस्तै सभामा संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने तथा सर्वसाधारण शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशत छ ।

कम्पनीले यसअघि जेठ २ गते आह्वान गरेको सभा कोभिड संक्रमणका कारण स्थगित भएपछि पुनः असार ६ गते आइतबार आह्वान गरिएको हो ।

कम्पनीले आइतबार होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजे उन्नाइसौं वार्षिक साधारण सभा बोलाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।