प्राथमिक बजारमा लगानी अवसरः पौने ६ अर्बको आईपीओ अनुमति कुर्दै १८ कम्पनी

0
Shares

सरकारले असार ८ गते मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाएसँगै सुस्त बनेको प्राथमिक बजार चलाएमान हुने भएको छ ।  कोभिड संक्रमण रोक्न सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले जेठ मसान्तसम्म कुनैपनि कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको थिएन ।

बोर्डबाट निष्काशन अनुमति पाएको बढीमा दुई महिनाभित्र सार्वजनिक निष्काशन गरिसक्नुपर्ने प्रावधानका कारण जारी मध्य भोटेकोशी शेयर नै स्थागित गर्नुपर्यो भने नयाँ कम्पनीलाई अनुमतिको प्रकृया पनि बोर्डले यसबीचमा अगाडि बढाएन, जसका कारण प्राथमिक बजारका लगानीकर्ता दुई महिना खाली रहे ।

पछिल्लो समय संक्रमणदर घट्दै जाँदा बोर्डले जेठ ३० गते जीवन विकास लघुवित्तलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर जारी गर्न अनुमति दिएको छ ।

यससँगै लघुवित्तले असार ११ गते शुक्रबारदेखि आईपीओ जारी गर्ने मिति तोकेको छ । मध्य भोटेकोशीले स्थगित गरेको स्थानीय बासिन्दाको शेयर जारी प्रकृया पनि अब खुला हुनेछ भने नयाँ कम्पनीहरुलाई निष्काशन अनुमति दिने प्रकृया पनि अगाडि बढ्ने अवस्था देखिएको छ ।

धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि अनुमतिको पर्खाइमा १८ वटा कम्पनी रहेका छन् । ती कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता शेयर जारी गर्न अनुमति मागेका हुन् ।

बोर्डको आईपीओको पाइपलाइनमा मैलुङ खोला जलविद्युत, हिमालयन हाइड्रोवपावर, बिन्दबासिनी हाइड्रोपावर, डिस होम, न्यादी हाइड्रोपावर, साहस उर्जा, स्मालिङ्ग पावर, बुद्धभुमि नेपाल, मनकामना स्मार्ट लघुवित्त, सयपत्री, बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चर, अपर सोलु, मानुषी लघुवित्त, दोर्दीखोला, अपर हेवाखोला, युनियन र सानिमा लाइफ इन्सयोरेन्स रहेका छन् ।

सबैभन्दा अगाडि अनुमति मागेको मैलुङ्क खोला जलविद्युत आयोजनाले २०७४ असोज २० गतेदेखि सबैभन्दा पछाडि २०७८ जेठ ९ गते आवेदन दिएका युनियन र सानिमा लाइफ इन्स्योरेन्ससम्म अनुमति कुरीरहेका छन् ।

आवेदन मागेको कम्पनीमध्ये निजी क्षेत्रको ठूलो आयोजना साहस उउर्जाले १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ताको अनुमति मागेको छ भने मनकामना स्मार्ट लघुवित्तको सबैभन्दा कम ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता रहेको छ ।

आईपीओ अनुमति माग्ने अधिकांश कम्पनीहरु हाइड्रोपावर क्षेत्रका रहेका छन् । १८ मध्ये १३ वटा हाइड्रोपावर रहेका छन् भने दुई माइक्रोफाइनान्स, दुई इन्स्योरेन्स र एक अन्य क्षेत्रको कम्पनी रहेको छ ।

Initial Public Offering (IPO)  Pipeline Status
  Name of Company Sector No. of Isshued share Date of Application Issue Manager
1 Mailung Khola Jal Vidhyut Company Hydropower 736,286 6/20/2074 Siddhartha Capital Ltd.
2 Himalayan Hydropower  Hydropower 2,250,000 7/27/2076 Global IME Capital Ltd.
3 Bindhyabasini Hydropower Development Company Hydropower 2,500,000 10/1/2076 Sanima Capital Ltd.
4 Dish Media Network  Others 2,385,929 3/30/2077 Global IME Capital Ltd.
5 Nyadi Hydropower Limited  Hydropower 4,050,000 8/10/2077 Global IME Capital Ltd.
6 Sahas Urja Limited Hydropower 10,500,000 8/24/2077 NIBL Ace Capital Ltd.
7 Samling Power company  Hydropower 1,230,000 10/5/2077 Nepal SBI Merchant Banking Ltd.
8 Buddha Bhumi Nepal Hydro Power Hydropower 1,200,000 10/8/2077 Civil Capital Market Ltd.
9 Manakamana Smart Laghubitta  Microfinance 389,000 11/14/2077 NMB Capital Ltd.
10 Sayapatri Hydropower  Hydropower 900,000 11/20/2077 NIBL Ace Capital Ltd.
11 Balephi Hydropower Hydropower 3,655,940 11/25/2077 Global IME Capital Ltd.
12 Green Ventures  Hydropower 6,250,000 11/28/2077 Laxmi Capital Market Ltd.
13 Upper Solu Hydro Electric Company Hydropower 3,307,500 12/16/2077 NMB Capital Ltd.
14 Manushi Laghubittta  Microfinance 393,750 12/16/2077 Nepal SBI Merchant Banking Ltd.
15 Dordi Khola Jalbidhyut Company Hydropower 2,951,929 1/21/2078 Siddhartha Capital Ltd.
16 Upper Hewakhola Hydropower Company Hydropower 2,000,000 2/2/2078 NMB Capital Ltd.
17 Union Life Insurance Company Insurance 6,450,000 2/9/2078 Prabhu Capital Ltd.
18 Sanima Life Insurance Insurance 6,000,000 2/9/2078 Prabhu Capital Ltd.
    Total Kitta 57,150,334    

 

पछिल्लो चार महिनामा नै प्राथमिक बजारमा शेयर आवेदन गर्न ८ लाख बढीले नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता प्राप्त निक्षेप सदस्य मार्फत डिम्याट खाता खोलेको तथ्याङ्क छ । असार ७ गतेसम्म ३५ लाख ५७ हजार ७८४ वटा डिम्याट खाता खुलेका छन् । दोस्रो बजारमा ८ लाखभन्दा बढीले अनलाईन कारोबार गर्दै आइरहेको छन् । प्राथमिक बजारमा १८ लाख बढी आवेदन पर्न थालिसकेको छ ।

यसबीचमा अत्यावश्यक सेवामा पर्ने बैंकिङ्ग सेवा पनि उपत्यकामा बढीमा ५ शाखामा सीमित गरेपछि सार्वजनिक निष्काशन ठप्प प्रायः रह्यो । निषेधाज्ञाका कारण यसबीचमा लगानीका अन्य क्षेत्र संकुचित बन्द नेप्से ३०२५ बिन्दुसम्म पुग्यो भने कुल बजार पूँजीकरण जेठ ३१ गते सर्वाधिक ४२ खर्ब १६ अर्ब पुगेर सोमबारसम्म २ खर्ब ७९ अर्बले घटेर ३९ खर्ब ३७ अर्बमा झरेको छ ।

पछिल्लो समय उच्च आवेदनका कारण १० कित्ता आईपीओ पनि गोलाप्राथाबाट पाउनुपर्ने अवस्था छ । न्यून संख्यामा जारी हुने आईपीओ त हात्तिको मुखमा जिरा भन्ने उखानसँगै मिल्ने अवस्था छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।