लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश वितरण

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भई साधारण सभाबाट पारित चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ ।

कम्पनीको जेठ २८ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

सभाबाट पारित ५ प्रतिशत नगद लाभांश (कर कट्टीपछि) वितरण गर्न थालिएको हो ।

सो नगद लाभांश जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।

उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत बैंक खातामै लाभांश जम्मा गरिदिने कम्पनीले जानकारी दिएको छ ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।