हुन्डाई नयाँ वर्ष २०७८ योजना आषाढ ३१ गतेसम्म विस्तार

0
Shares

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना “ यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” आषाढ ३१ गते सम्म विस्तार गरिएको छ ।

पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैँशाख, २०७८ सम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञा का कारण यस योजना स्थागित भएको थियो । ग्राहकवर्गलाई मध्यनजर राखि यस योजना ८ आषाढ देखि ३१ आषाढ, २०७८ सम्म पुनः सुचारु गरिएको छ ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहक महानुभावहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत रु.७८,०००सम्मको अतिरिक्त छुट, रु.१५,००० बराबरको लोयल्टी बोनस, रु. १००,००० सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्तगर्नु हुनेछ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिनेछ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।