एभरेष्ट इन्स्योरेन्सको सीइओमा पुनः कमल गौतम

0
Shares

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतम पुनः नियुक्त भएका छन् । 

बीमा समितिले एभरेष्ट इस्योरेन्सको सीईओमा कमल गौतमलाई पुनः नियुक्त गर्न बिहीबार स्वीकृति दिएको हो ।

कम्पनीको सञ्चालक समितिले गौतमलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरी स्वीकृतिका लागी बीमा समितिमा पत्राचार गरेको थियो ।

गौतम चार वर्षे कार्यकालको लागि पुनः सीईओ पदमा दोहोरिएका हुन् । कम्पनीले गौतमलाई २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । गौतमको पहिलो कार्यकाल असार १६ गते कार्यकाल सकिँदै थियो ।

गौतम सीईओ भएर कम्पनीमा भित्रिएपछि एभरेष्ट इन्स्योरेन्सले राम्रो प्रगति गर्दै आइरहेको छ । उनको व्यसायीक कार्यशैलीका कारण नै कम्पनी सञ्चालक समितिले दोस्रो कार्यकालका लागि सीईओ नियुक्तीको प्रस्ताव नियामक निकाय बीमा समितिमा पठाएको थियो ।

नेपाल ग्रिन्डलेज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरेका सीईओ गौतमसँग करिब ३ दशकको बैंकिङ्ग अनुभव रहेको छ । उनी ४ वर्षअघि एभरेष्ट इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए ।

करिब आधा दर्जन बैंकमा काम गरिसकेका गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।