जनरल इन्स्योरेन्सको स्थगित साधारण सभा पुनः आह्वान

0
Shares

जनरल इन्स्योरेन्स (GIC) ले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा पुनः आह्वान गरेको छ ।

कम्पनीले असार २१ गते सोमबार कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ः०० बजे बोलाएको हो ।

कम्पनीले वैशाख २६ गतेका लागि आह्वान गरेको तेस्रो वार्षिक साधारण सभा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागी बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगाएतका सामान्य प्रस्ताव पेश हुँदैछन् ।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।  विशेष प्रस्ताव अन्तर्गत कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन हुँदैछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख १० देखि २६ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार बैशाख ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।