सिन्धु विकास बैंकको २४ औं शाखा सिन्धुपाल्चोकको लामोसाँघु बजारमा

0
Shares

सिन्धु विकास बैंक लिमिटेडले साल असार ११ गते शक्रवार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा बैंकको २४औं शाखा स्थापना गरी बैंकिङ्ग कारोवार शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी तथा नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको हाल सम्मको प्रगती विवरण तथा भावी कार्यक्रमहरुका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयबासीलाई सघन वित्तिय पहुँच पुरयाउने उद्धेश्यले उक्त शाखाको स्थापना भएको तथा उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु मोबाइल बैंकिङ्ग, कनेक्ट आइपीएस, एटीएम डेबिड कार्ड, क्यूआर कोड जस्ता सेवाहरु समेत उपलब्ध हुने जानकारी दिईएको छ ।

भविष्यमा आफ्ना ग्राहकहरुलाई अझै सधन र सर्वसूलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने बैंकले लक्ष्य लिएको छ ।

बैंकले प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा, ठोकर्पा र लामोसाँघु गरी कुल २४ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २६ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आई रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।