सगरमाथा इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार १६ गते) अन्तिम दिन रहेको छ।

सगरमाथाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

इन्स्योरेन्सले प्रस्तावित लाभांश लगायतका एजेण्डाहरु पारित गर्न असार ३० गते, आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकिसकेको छ।

साधरण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असार १७ गते बिहीबार बुकक्लोज गर्दैछ। यस अनुसार असार १६ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। शेयर भएका तर लाभांश लिन अनिइच्छुक लगानीकर्ताले पनि आजै शेयर बिक्री गर्नसक्नेछन् ।

त्यस्तै साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को प्रतिवेदन, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आव २०७७।७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै कम्पनीले सामाजिक संघ संस्थालाई आर्थिक साहयता प्रदान गर्दा खर्च भएको १६ लाखलाई अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन तथा परिवर्तन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।