पायोनियर मोटोकर्पले कलंकीमा खोल्यो निशान र ड्याटसन शोरुम

0
Shares


पायोनियर मोटोकर्पले कलंकीमा निशान र ड्याटसन मोटर्सको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

निशान र ड्याटसन मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले आधिकारिक डिलर मेगा मोटर्स मार्फत उक्त शोरुम सञ्चालन गर्नेछ ।

पायोनियर मोटोकर्पले यसअघि महाराजगञ्ज र बालकुमारीमा शोरुम सञ्चालनमा ल्याइसकेको छ । यो तेस्रो शोरुम हो ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले भने ‘कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ र उपत्यकाका कुनै पनि ठाउँका ग्राहकलाई सजिलै सेवा प्रदान गर्न सकिनेछ,’ ।

काठमाडौं उपत्यकाको बढ्दो मागलाई दृष्टिगत गरेर सहज आपूर्तिको लक्ष्यसहित यो शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।

उक्त शोरुमबाट निशानको नयाँ लोगो भएको ‘बिग, बोल्ड, ब्युटिफुल’ म्यागनाइट खरिद गर्न सकिनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।