सात जीवन बीमा कम्पनीको बीमा पोलिसी व्यतीत दर १० प्रतिशत माथि

0
Shares

सात जीवन बीमा कम्पनीको बीमा पोलिसी व्यतीत दर १० प्रतिशत भन्दा माथि रहेको पाईएको छ ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सात जीवन बीमा कम्पनी नेशनल, एशियन, प्राइम, आइएमई, सन नेपाल, रिलायबल र सिटिजन्स लाइफ इन्स्योरेन्सको बीमा पोलिसी व्यतीतदर १० प्रतिशत भन्दा माथि देखिएको हो  ।

जसमध्ये युनियन लाइफ र एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २१/२१ प्रतिशत रहेको छ  ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार प्राइमको १९.२६%, सिटिजनको १९.५२%, आइएमईको १८.१७%, नेशनलको १०.२३% प्रतिशत रहेको छ । यस्तै, सन नेपालल र रिलायबल नेपाल लाइफको पोलिसी व्यतीत दर १० प्रतिशत भन्दा धेरै रहेको छ । सन नेपालको ७.९४% रिलायबल लाइफ इन्स्योरेन्सको १०.७७ प्रतिशतका दरले पोलिसी व्यतीत भएको हो ।

११ कम्पनीको भने बीमा पोलिसी व्यतीत दर १० प्रतिशत भन्दा कम छ । जसमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स, मेट लाइफ,, सूर्या लाइफ, गुँरास लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्स परेका छन् ।

जसमध्ये पनि सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको पोलिसी व्यतीत दर १ प्रतिशतभन्दा कम छ  । सूर्या लाइफ इन्स्योरेन्सको १.२९%, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २.६६%, मेटलाइफको ३.३%, नेपाल लाइफ इन्स्योरेन्सको ३.४%, ज्योति लाइफको ३.७७% र रिलायन्स लाइफको ४.६% प्रतिशत छ  ।

महालक्ष्मी लाइफको बीमा पोलिसी व्यतीत दर शुन्य

महालक्ष्मी लाइफ इन्स्योरेन्सको भने बीमा पोलिसी व्यतीत दर शुन्य छ । समितिले उपलब्ध गगराएको तथ्यांकमा राष्ट्रिय बीमा संस्थानको तथ्यांक उल्लेख छैन् ।
नेपालमा १० प्रतिशतसम्मको बीमालेख व्यतीत अनुपातलाई सामान्य मानिन्छ । १० प्रतिशत देखि २० प्रतिशतसम्मको अवस्थालाई मध्यम र २० प्रतिशतदेखि ३० प्रतिशत सम्मलाई भने जोखिमयुक्त मान्ने गरिन्छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीमालेख व्यतीत दरलाई पाँच प्रतिशतमा झार्न निर्देशन दिएको बताए । “बीमाङ्कीय मूल्याङ्कनमा व्यतीत दर धेरै आएका कम्पनीलाई ५ प्रतिशतमा झार्न निर्देशन दिएको छ” उनले भने ।

तोकिएको समयमा बीमालेख नवीकरण नगरेमा बीमा पोलिसी व्यतीत हुन्छ  । पोलिसी नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्नका लागि ३० दिनको ग्रेस पिरियड तोकिएको हुन्छ । ३० दिनको ग्रेस पिरियडमा पनि नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ  । व्यतीत बीमालेखले बीमितको कुनै पनि जोखिमको रक्षावरण गर्दैन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।