जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, दुई सञ्चालक चयन

0
Shares

जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा सोमबार भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।

साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक चयन गरेको छ । सभाबाट अमृत बञ्जाडे र सरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष कुनल कयालले गत वर्ष झै यस वर्ष पनि कोरोनाको असर व्यवसायमा परेको बताए । “कोरोनाका कारण व्यवसाय गर्न कठिन रहेको छ, अफट्यारो परिस्थितिमा पनि कम्पनी अघि बढ्दै गईरहेको छ” अध्यक्ष कयालले भने । असार २० गते सम्म कम्पनीले ६३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको उनले जानकारी दिए ।

सभाले आव २०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले एनएफआरएससहितको असार मसान्तसम्मको वासलात, नाफा, नोक्सान तथा नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरेको छ ।

आव २०७७/७८ को लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले कम्पनीले कोभिड —१९ कोषमा सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।