‘माथिल्लो तामाकोशी देशको उर्जा इतिहासकै नयाँ कोशेढुंगा’: प्रधानमन्त्री ओली

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदघाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारस्थित निवासबाटै भर्चुअल माध्यमबाट स्वीच अन गरी उक्त आयोजनाका उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले माथिल्लो तामाकोशी देशको एक १० वर्षे उर्जा इतिहासकै नयाँ कोशे ढुंगा भएको बताए । ‘अब हाम्रा चुलाहरुलाई दाउरा र ग्याँसबाट मुक्त गर्दै विद्युत्तीय चुलोमा परिणत गर्ने बाटो खुलेको छ’, उनको भनाई थियो ।

आयोजनाको सफल सञ्चालनले राष्ट्रिय आत्मविश्वाससमेत बढाएको टिप्पणी प्रधानमन्त्रीको थियो । ‘जुनकामका लागि हामी बाहिर भर पर्नुपथ्र्याे, अब विस्तारै त्यसमा पनि आत्मनिर्भरतातर्फ गइरहेका छौं, प्रधानमन्त्रीले भने । उर्जामा लगानी प्रविधि र व्यवस्थापन नेपालीले नै गर्न सक्ने गरी बहुआयायमिक स्तर भएको पनि प्रधानमन्त्रीले बताए । यो राष्ट्रिय लाभको विषय हो, प्रधानमन्त्रीले भने ।

छ वर्षमा सम्पन्न हुनुपर्ने आयोजनामा निकै बिलम्ब हुँदा खर्च बढने जस्तो प्रत्यक्ष मात्र नभई परोक्ष रुपमा पनि ठूलो नोक्सान भएकोले हाल चालु रहेका र भविष्यमा बन्ने योजनाका लागि यसबाट पाठ सिक्नुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।

सरकाले भविष्यमा घरेलु उपभोक्तालाई निर्यात गरिने मुल्यको तुलनामा सस्तो दरमा विद्युत्त उत्पादन गर्ने लक्ष्य लिएको पनि प्रधानमन्त्रीले बताए।
कार्यक्रममा बोल्दै उपप्रधान तथा उर्जा मन्त्री विष्णुप्रसाद पौडेलले अब माथिल्लो तामाकोशीको सफलताबाट यस्तै अरु कीर्तिमानी आयोजना थप्ने उत्साह सञ्चार भएको बताए ।

स्वदेशी लगानीमा निर्मित दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित बिजुली ४७ कि.मि. लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका,. १३ स्थित साँखेमा स्थापित न्यू खिम्ती सव–स्टेसनमा पुर्याइएको छ । उक्त सव–स्टेसनबाट प्राधिकरणको ढल्केवरस्थित ४००/२२० के.भी. सव–स्टेसनमा पु¥याई त्यहाँबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणाली मा आबद्ध गरिएको छ ।

आयोजनाअन्तर्गत बाँध÷इन्टेक, सुरुङ, भूमिगत विद्युतगृहलगायतका सिभिल संरचनाहरूको निर्माण कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यहरू तथा ४७ कि.मि. लामो २२० केभी डबल सर्किट प्रसारण लाइन र २२०/१३२ केभी सवस्टेशनको सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न गरी परीक्षण कार्यहरू समेत सम्पन्न गरिसकिएको छ ।

सुरुमा ६ वर्षमा आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ वैशाखको विनाशकारी महाभूकम्प र त्यसपछिको तराई आन्दोलन, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको समस्या¸ हाइड्रो मेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता विभिन्न कारणहरूले गर्दा निर्माण कार्य विलम्व हुन गएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।