धितोपत्र बोर्ड कर्मचारी युनियनको नेतृत्वमा पुनः जि.सि

0
Shares

नेपाल धितोपत्र बोर्डको कर्मचारी यूनियनको नेतृत्व पुनः राजु बहादुर जिसि चयन भएका छन् । अघिल्लो कार्यकाल पनि कार्य समिति भन्दा बाहिर रहेका जिसिले गतसातदेखि पुनः नेतृत्व लिएका हुन् ।

असार १८ गते भएको बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशनले राजु बहादुर जि.सिलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसभन्दाअघि यूनियनको नेतृत्वमा तोलाकान्त न्यौपाने रहेका थिए ।

धेरै पटक बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा रहेका जि.सिको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको पदाधिकारीका रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का रहेका छन ।

त्यसैगरी कार्यसमिति सदस्यको रुपमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।