टीसीएल ब्राण्डका नयाँ मोडलका वासिङ मेसिन नेपाली बजारमा

0
Shares

आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपंक्तिमा रहेको टीसीएलले हालसालै नयाँ मोडलका वासिङ मेशिनहरु बजारमा ल्याएको छ।

टीसीएल ब्राण्डलाई ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिन्छ। टीभी, एयर कन्डिशनर तथा वासिङ्ग मेशिनका लागि निकै प्रचलित र रुचाईएको नाम हो टीसीएल।

विशेषतः फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन्। फ्रन्ट लोडिङ वासिङ मेशिनमा अधिक–हाई तापक्रममा स्टेरलाईज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ।

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङ मेशिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ।

‘बीएलडीसी’ मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र ५ वर्षको वारेन्टी रहेको छ। पी सिरिज मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन्। १४०० आरपीएम ड्रममा एलईडी लाइटयुक्त, एलईडी टच प्यानल, २४ आवर डेली, १६ वास प्रोग्राम जस्ता विशेषता रहेका छन्।

बीएलडीसी इन्भटर मोटर जडान रहेको यस वासिङ मेसिन अझ बढी पावरफुल, स्ट्रोङगर र लो न्वाइजमा काम गर्ने क्षमता राख्दछ। ‘हाइ परफरमान्स’ दिनुका साथै विद्युत पनि कम खपत गर्ने हुन्छ।

टीसीएल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।