जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको उद्योग उद्घाटन


जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को उद्योगको औपचारिक सुरुवात भएको छ । जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले एक कार्यक्रमका बिच उद्योगको औपचारिक सुरुवात गरेका हुन् ।

अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित छ । यस सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगंको काम कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राले गरेको विज्ञप्तिमा उल्लेख छ । मिश्रा ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिको बिज्ञ हुन् ।

जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको विश्वास छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।