यूनियन लाइफको साढे ६४ करोडको आईपीओ खुल्यो, कति गर्ने आवेदन ?

0
Shares

यूनियन लाइफ इन्स्योरेन्सले आज (असार २४ गते) देखि साढे ६४ करोडको आईपीको बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधरणका लागि एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेकोे छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सले निष्काशन गरेकोे कुल ६४ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता संस्थाका कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरिएकोे छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । पछिल्लो चरणमा निष्काशित आईपीहरुमो झण्डै २० लाखको हाराहारीमा आवेदन परेकाले यसमा पनि १० कित्ता शेयरका लागि मात्र आवेदन दिँदा उपयुक्त हुनेछ ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्। युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको छ । कम्पनीले ३४ हजार ८४० वटा बीमालेख जारी गरेको छ । कम्पनीमा ५० हजार व्यक्तिगत अभिकर्ताहरु रहेका छन् । जसमध्ये १४ हजार अभिकर्ता सक्रिय छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।