बैंक वित्तीय संस्थाले शेयर धितोमा दिने कर्जा शतप्रतिशतले बढ्यो, साढे ९४ अर्ब कर्जा प्रवाह

0
Shares

धितोपत्र बजार सुधारको गतिमा लागेपछि बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा दिने कर्जा पनि शतप्रतिशतले बढेको छ । कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भएपछि सबैको नजर धितोपत्र बजारमा पुग्दा लगानी थपिन पुगेको हो ।

चालु आर्थिक वर्षमा विद्यार्थी देखि उद्योगी व्यवसायीसम्मले शेयर बजारमा लगानी गरेको अवस्था छ । बजारमा लगानीकर्ता थपिएसंगै बजारको आकार समेत विस्तार भएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा बैंक वित्तीय संस्थाले कुल ९४ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रबाह गरेका छन् ।

सो कर्जा रकम गत आर्थिक वर्षको जेठसम्मको तुलनामा ९८.३८ प्रतिशतले धेरै हो । गत आवको सो अवधिमा बैंक वित्तीय संस्थाले ४७ अर्ब ६६ करोड रुपैयाँ मात्र सो शिर्षकमा लगानी गरेका थिए । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले शेयर बजारका लागि कर्जा मात्र दिएनन् आफैपनि धितोपत्रको खरिद बिक्री गरेको अवस्था छ ।

चालु आर्थिक वर्षको जेठसम्ममा बाणिज्य बैंकहरुले मात्र ८१ अर्ब २५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेका छन् । गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुले सो शिर्षकमा ३८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

चालु आवको जेठसम्ममा विकास बैंकहरुले १० अर्ब ६० करोड रुपैयाँ बरावरको शेयर धितो कर्जा प्रबाह गरेका छन् । गत आवको सो अवधिमा विकास बैंकहरुले कुल ७ अर्ब १४ करोड रुपैयाँ मात्र शेयर धितो कर्जा प्रबाह गरेका थिए ।

त्यसैगरी चालु आवको जेठसम्ममा फाइनान्स कम्पनीहरुले २ अर्ब ६८ करोड रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले २ अर्ब ३५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेका छन् ।

गत आर्थिक वर्षको असार १५ गते १८८८ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म्ममा आइपुग्दा ३०२५ अंकमा पुगेको थियो । यो विचमा कोरोनाका कारण आर्थिक गतिविधिमा सुस्तता आएपनि सबै क्षेत्रको लगानी शेयर बजारमा नै थपिदाँ बजारमा बढ्न थप मद्दत पुगेको थियो ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका ७२ वटा बैंक तथा वित्तीय संस्थाले ४७ अर्ब रुपैयाँ मात्र शेयर धितो कर्जा दिएका थिए । तर, चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका ६५ बैंक तथा वित्तीय संस्थाले करिब ९५ अर्ब रुपैयाँ बरावरको शेयर धितो कर्जा प्रबाह गरेका हुन ।

Institution Jestha 2078   Institution Jestha 2077
NBL 4,984.80   NBL 4,805.85
RBB 5,350.34   RBB 2,461.69
NABIL 5,487.37   NABIL 1,283.15
NIBL 2,527.19   NIBL 1,281.08
SCBNL 0   SCBNL 0
HBL 2,016.48   HBL 1,248.60
NSBI 0   NSBI 0
NBBL 1,098.42   NBBL 303.12
EBL 946.77   EBL 90.68
BOK 1,650.08   BOK 1,379.79
NCC 1,526.01   NCC 836.29
NIC 5,348.68   NIC 454.56
MBL 609.43   MBL 309.23
Kumari 4,502.02   Kumari 2,190.56
Laxmi 2,238.56   Laxmi 1,301.92
SBL 5,347.77   SBL 3,526.57
ADBNL 106.64   ADBNL 56.93
Global 7,233.95   Global 1,961.73
Citizen 5,263.46   Citizen 2,949.43
Prime 3,473.54   Prime 2,820.54
Sunrise 2,616.95   Sunrise 1,690.39
NMB 3,694.77   NMB 498.07
Prabhu 2,922.35   Prabhu 1,862.47
Mega 3,623.46   Mega 1,628.24
CBL 3,751.10   CBL 1,979.32
Century 2,878.41   Century 742.64
Sanima 2,060.50   Sanima 499.54
Mahalaxmi 1,852.63   Mahalaxmi 1,436.50
Narayani 0   Narayani 0
Karnali 0   Sahayogi 0
Shangrila 1,012.62   Karnali 0
Excel 276.24   Shangrila 375.76
Miteri 0   Excel 88.61
Mukti 2,311.06   Deva 1,142.61
Garima 1,291.15   Miteri 0
Kamana 1,067.09   Tinau 10.1
Corporate 0   Mukti 1,289.90
Jyoti 1,276.90   Garima 266.15
Shine 354.35   GandakiDB 114.79
LumbiniDB 1,076.50   Kamana 153.75
Sindhu 83.97   Corporate 0
Sahara 0   Jyoti 1,042.53
Salapa 0   Shine 29.78
Saptakoshi 2.25   Kanchan 32.23
GreenDB 3.1   LumbiniDB 1,137.34
NFL 21.1   Sindhu 6.1
NSML 26.19   Sahara 0
GURKHAFC 101.62   Salapa 0
Goodwill 361.07   Saptakoshi 0
Shree 394.57   GreenDB 13.82
Lalitpur 0   NFL 1.98
United 159.54   NSML 26.19
BestFC 61.61   GURKHAFC 208.36
Progressive 98.91   Goodwill 359.72
Janaki 0   Shree 221.86
Pokhara 35.45   Lalitpur 5.03
Central 3.29   United 232.08
Multi 0   BestFC 17.38
Srijana 0   Progressive 62.35
Samriddhi 52.12   Janaki 0
CMerchant 0   Pokhara 44.65
GMBFL 412.72   Central 18.66
CFC 287.1   Multi 0
Manju 396.31   Srijana 0.37
Reliance 277.71   Samriddhi 15.3
  94,556.22   CMerchant 0
      Crystal 0.02
      GMBFL 208.95
  Rs in million   CFC 398.02
      CityExpress 0.35
      Manju 283.41
      Reliance 254.75
    Rs in million   47,661.79

 

चालु आर्थिक वर्षको जेठसम्ममा सबैभन्दा धेरै शेयर धितो कर्जा प्रबाह गर्नेमा ग्लोबल आइएमइ बैंक रहेको छ । बैंकले सो अवधिमा ७ अर्ब २३ करोड रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ९६ करोड रुपैयाँ मात्र सो शिर्षकमा कर्जा प्रबाह गरेको थियो ।

चालु आवको जेठसम्ममा सबैभन्दा थोरै शेयर धितो कर्जा दिने संस्थामा सप्तकोशी विकास बैंक रहेको छ । बैंकले सो अवधिमा २२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रबाह गरेको छ । गत आािर्थक वर्षको सोही अवधिमा भने बैंकले सो शिर्षकमा कर्जा प्रबाह गरेको छैन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा खुकुलो नीति अबलम्बन गरेपछि बैंक वित्तीय संस्थाले कर्जा बढाएका थिए । तर, बैंकहरुले कर्जा दिएर मात्र नभै आफैले पनि शेयरको कारोबार गर्न थालेपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत शेयर बजारमा जाने लगानीलाई नियन्त्रण गर्ने नीति अबलम्बन गरेको अवस्था छ । त्यती हुँदा पनि शेयर बजारमा बैंक वित्तीय संस्था मार्फत जाने लगानी भने घटेको देखिदैन् ।

ब्यापार व्यवसाय कोरोनाका कारण बन्द रहेपछि शेयर बजारमा आएका लगानीकर्ताका कारण कारोबार रकम समेत बढेर दैनिक २० अर्ब रुपैयाँ सम्म पुग्यो भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पनि ३०६० को नयाँ उचाइमा पुग्यो ।

धितोपत्र बजारमा विकास भएको प्रविधिको प्रयोगले पनि बजार प्रबेश गर्ने लगानीकर्ताको संख्या उच्च बढ्न गएको हो । पछिल्लो समयमा साधारण निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्या नै २० लाख भन्दा माथि पुगेको छ । त्यसो त धितोपत्रको दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्नेको संख्या पनि ६ लाख भन्दा धेरै रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।