गुराँस लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन गरिने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहको शेयरको अनुपात ७० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा कायम गर्ने भएको हो ।

कम्पनीको छैठौँ वार्षिक साधारण सभाले संस्थापक तर्फको शेयर अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित गरेको थियो । तर, बीमा समितिले असार १४ गते हाल संस्थापक समूहको ७० प्रतिशतबाट ६० प्रतिशत कायम गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ ।

शेयर संरचना परिवर्तन गर्ने इच्छुक संस्थापक शेयरधनीलाई सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जाानकारी गराउन कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले तोकेको समय अवधिभित्रमा शेयर परिवर्तन गर्ने/नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने जनाएको छ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।