सगरमाथा इन्स्योरेन्सको लाभांश अनुमोदन हुँदै

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) को चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश आज अनुमोदन हुँदैछ ।

कम्पनीले आज (असार ३० गते बुधबार) प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको २४ औं वार्षिक साधारण सभाले उक्त लाभांश अनुमोदन गर्दैछ ।

असार ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभा बुधबार बोलाएको हो । कोभिड जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट बोलाइएको छ ।

सभामा आर्थिक वर्ष २०७६।७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आव २०७७।७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै कम्पनीले सामाजिक संघ संस्थालाई आर्थिक साहयता प्रदान गर्दा खर्च भएको १६ लाखलाई अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन तथा परिवर्तन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि ३० गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार असार १६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।