‘वाई वाई ग्लोकल टिन हिरो, सातौं संस्करणको आवेदन खुल्यो

0
Shares

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाई वाई ग्लोकल टिन हिरो, सातौं संस्करणको आवेदन खुलेको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ्ग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरिहरुले वेवसाइट मार्फत नि:शुल्क आवेदन भर्न सक्नेछन् ।

अहिले आवेदन खुल्ला भएको र यसै अनुरुप आयोजक नेपाल भरिमा विभिन्न स्कुलहरुमा अनलाईन मार्फत अभिमुखिकरण सञ्चालन गरिरहेका छन् । कार्यक्रममा नेपाल भरिमा किशोर किशोरीहरुले आफ्नो समाज रुपान्तरनको कामलाई थप प्रोत्साहित गर्ने उर्जा पाएका छन् ।

नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको उर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन् । वाईवाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

जेन २०२१ नामक ग्लोकल टीन हिरोले एक वेबिनार श्रृंखला प्रारम्भ गरेको छ जसमार्फत किशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवं विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सिक्न पाउनेछन् ।

सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर–किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किंगगर्ने अवसर पाउनेछन् र उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्नेछन् ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठूल्ठूला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठूलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ ।

के छ योग्यता ?

  • १३ – १९ बर्षको किशोरकिशोरी
  • नेपाली नागरिक
  • समाजमा सकारात्मक प्रभाब पार्ने केही राम्रो काम गरेको ।

किन वाई वाई ग्लोकल टिन हिरोमा आवेदन दिने ?

तपाईंको उल्लेखनीय कार्य र रचनात्मकता सम्भाव्य प्रदर्शन गर्न।

राष्ट्रिय मान्यता प्राप्त गर्न ।

समाज तथा राष्ट्रमा सकरात्मक प्रभाव ल्याउन।

अन्य किशोर किशोरीहरूलाई प्रेरणा दिन ।

आफ्नो कार्यलाई थप उर्जा दिन ।

राष्ट्रभरबाट प्रेरणादायक किशोर किशोरीहरुसँग जोडिन ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरु पाउन ।

अनलाईन आवेदन जुलाई ३० सम्म ग्लोकल टिन हिरोको अधिकारिक वेवसाईटमा गएर भर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।