प्रुडेन्सियल इन्स्योरेन्सले शेयर संरचना परिवर्तन गर्ने

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ ।

कम्पनीले हाल कायम संस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने भएको हो ।

कम्पनीको १९ औँ वार्षिक साधारण सभाले सर्वसाधारण समूहको शेयर स्वामित्व ६०ः४० बाट ५१ः४९ कामयम गर्ने प्रस्ताव पारित गरेको थियो ।

बीमा समितिले हाल कायम रहेको संस्थापक समूहको ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधराण समूहमा ४९ प्रतिशत कायम गर्न स्वीकृत दिएको हो । सोही अनुसार कम्पनीले शेयर संरचना परिवर्तन गर्न लागेको जानकारी दिएको छ ।

उक्त संस्थापक शेयर कायम गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न चाहेमा वा नचाहेमा वा गर्ने इच्छा नभएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको कर्पाेरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन समेत कम्पनीले संस्थापक शेयरधनीलाई अनुरोध गरेको छ ।

तोकिएको अवधिमा पनि शेयर परिवर्तन गर्ने/नगर्ने जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन हुने कम्पनीले जानकारी गराएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।