रेनल्टको रेनो काइगरको बुकिङ सुरु, सुरुवाती मूल्य साढे २८ लाख


रेनल्टको द अल न्यू काइगरको बुकिङ सुरु भएको छ । नेपालमा काइगर सार्वजनिक भएसँगै बुकिङ सुरु गरिएको हो । रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोवाइल्सले द अल न्यू काइगर सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको हो ।

देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट बुकिङ सुरु गरिएको एडभान्स अटोमोवाइल्सले जनाएको छ ।

उसका अनुसार रेनो काइगरको सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

“रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट हो । यसले हाम्रो इनोभेसन, क्रिएटिभिटी, कस्टोमर अन्डरस्ट्यान्डिंग र सबै भन्दा माथि हामो ध्यानलाई गाडीहरु बनाउनमा एक बेजोड मूल्यको प्रस्ताव गर्न केन्द्रित गराउँदछ । रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो व्हीलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पुर्याउँछ”, रेनो इन्डिया अपरेशनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्ले भने, “धेरै स्मार्ट गुणहरु सहितलोड रहेको काइगरले हाम्रो एसयुभीको लिगेसीलाई सुदृढ पार्नेछ र यसको लन्चको साथ हामी रेनो परिवारमा अधिक ग्राहकहरुलाई स्वागत गर्न तत्पर छौं ।”

“नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतिक्षा गरिएको गाडी हो । हामी हाम्रा ग्राहकहरुलाई रेनो काइगरको आगमन बारे सूचित गर्न पाँउदा निकै खुसी छौं । हामी रेनोकाइगरको स्टनिंग डिजाइन र आधुनिकता संगै स्मार्ट सुविधाहरुले आफ्ना अपेक्षाहरु पूरा गर्नेछ भन्ने कुरामा आशावादी छौं,” विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “ग्राहकहरुको विस्तृत सेटको बढ्दो एसयूभीको आकांक्षा पूरा गर्ने दृष्टिकोणको साथ हामीले रेनो काइगर आकर्षक मूल्यको रहेको कुरा सुनिश्चित गरेका छौं । हामी यस न्यू गेम चेन्जरको साथ हाम्रो एसयूभीको लिगेसी सुदृढ पार्न लागि पार्नेछौं ।”

रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्ने एडभान्स अटोमोवाइल्सले जनाएको छ ।

एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १।० एल इनर्र्जीमा उपलब्ध हुने रेनो काइगर चारवटा ट्रिम आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडमा उपलब्ध हुने बताइएको छ ।

सी–आकारको सिग्नेचर एलईडी टेल ल्याम्पहरु, ४०.६४ सेन्टिमिटरको पांग्राहरु, रुफ रेलबारहरु र डुअल टोन अप्सन सबै सेगमेन्टमा उपलब्ध हुने छ । रेनो काइगर स्टनिंग डुअल टोन संयोजनको साथ ६ वटा एक्साइटिंग बडी रंगहरुमा उपलब्ध हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।