खोप केन्द्र बिस्तार गर्न मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना खोप लगाइदै आएका केन्द्रहरुमा भीड व्यवस्थापन गर्न मुख्य सचिव र स्वस्थ्य सचिवलाई निर्देशन दिएका छन् ।

सिमित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिँदा भीड बढेको भन्दै प्रधानमन्त्री देउवाले खोप केन्द्र बिस्तार गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र खोप लगाउने व्यवस्था गर्न सचिवहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटर मार्फत स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी खोप केन्द्र बिस्तार गर्न निर्देशन दिएको बताएका छन् ।

चिनीया भेरोसेल र अमेरिकी जोनसन एण्ड जोनसनका खोप पछिल्लो ४ दिनदेखि देशभर उपलब्ध गराउँदै आए पनि खोपकेन्द्र सीमित भएकाले सर्वसाधारणको भीड अधिक देखिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।