प्रभु क्यापिटलका कर्मचारीहरुलाई लिडरसिप तथा मोटिभेसन तालिम

0
Shares

प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

श्रावण ०२ गते शनिबार काठमाण्डौको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको क्यापिटलले जनाएको छ।

कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक श्री इन्द्र बहादुर गुरुङ्ग तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए।

सो तालिम अन्तरगत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समुहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिए ।

कार्यक्रमको अन्त्यमा क्यापिटलका प्रबन्ध निर्देश दिनेश थकालीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्षका लागि कम्पनीले लिएको लक्ष्यका साथै कम्पनीको आगामी कार्यदिशाका बारेमा जानकारी दिए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।