उपभोक्ता  हित, आपूर्ति, स्थानीय निकाय तथा स्थानीय प्रशासन समन्वय समिति गठन

0
Shares

नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा उपभोक्ता हित,आपूर्ति, स्थानीय निकाय तथा स्थानीय प्रशासन समन्वय समिति गठन भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले श्रेष्ठको सभापतित्वमा गठित समितिमा मनोनयन भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उक्त समितिको सल्लाहकारमा योगेन्द्र गौचन, सह सभापतिमा प्रदिपलाल श्रेष्ठ तथा सदस्यहरुमा क्रमशः अमर वानिया, ओम प्रकाश वंशल, नरेश शाही, प्रेम वहादुर श्रेष्ठ, लव कुमार श्रेष्ठ, चन्द्र वहादुर थापा, राज मान डंगोल, प्रमोद गुप्ता, अनिल शर्मा, राज कुमार दाहाल, शुभेन्द्र जोशी, राकेश कुमार गुप्ता मनोनयन भएका छन् ।

चेम्बर अध्यक्ष मल्लले नव मनोनित सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बरको उपभोक्ता हित तथा आपूर्ति सम्बन्धी कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राखे ।

समितिमा उपभोत हित, आपूर्ति, स्थानीय निकाय तथा स्थानीय प्रशासन समन्वय क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका व्यक्तित्वहरुको प्रतिनिधित्व भएकोले यो सम्भव हुने उनको भनाई थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।