डिशहोमको फाइबरनेट सेवा धरानमा पनि विस्तार

0
Shares

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोमको फाइबरनेट सेवा धरान पनि पुगेको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि विस्तार गरिने कम्पनीले जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ।

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एबिपिएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।