ग्रेट वाल मोटर्स नेपाली बजारमा भित्रियो, ३ नयाँ मोडलकाका गाडी सार्वजनिक


ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) ले नेपाली बजारमा आफ्नो उपस्थिती जनाएको छ । ३ नयाँ मोडेलका गाडीहरुको साथमा जीडब्ल्यूएमले नेपाली बजारमा आफ्ना उत्पादन भित्र्याएको हो ।

उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेको कम्पनीले जनाएको छ ।

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा अनुभवी बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालका लागि ग्रेट वाल मोटर्सको आधिकारिक विक्रेता बनेको छ । भी.जी.इम्पेक्सले जीडब्ल्यूएमसँग सहकार्य गर्दै अहिले दुई मोडलका एसयूभी र एक मोडलको पिक अप भ्यान बजारमा ल्याएको छ ।

सोमबारदेखि औपभारिक रुपमा नेपाली बजारमा भित्रिएका ३ मोडलका गाडीहरु आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत संजाल फैलाउने योजना रहेको बताइएको छ । हालको अवस्थामा सुधार आउना साथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त निकट भविष्यमा नै उच्चस्तरीय सर्भिस सेन्टरको पनि निर्माण गरिंने विज्ञप्तिमा उल्लेख छ । भी.जी. इमपेक्सले ग्रेट वाल मोटर्सको फोर एस सर्भिसेस अर्थात सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर स्थापना गर्ने भी. जी. इम्पेक्सले जनाएको छ ।

नेपालमा बिक्री बितरण सुरु गरिएका ३ मोडलका गाडीका सम्बन्धमा: 

थर्ड जेनेरेशन एचएभीएएल एच ६

यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिने गाडीमा १५० किलोवाट शक्ति र ३२० एनएम टर्क डिस्प्लेसमेण्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ ।

यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डा खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२% उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले गाडीलाई स्थीरता र मजबुती प्रदान गर्दछ ।

यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टेरिंग, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिएको छ भने आठ वटा एअर व्याग, ३६० डिग्रीमा हेर्न मिल्ने क्यामेरा, हिल होल्ड कन्ट्रोल, एबीएस तथा इबीडी सुविधा र एन्टी कोलिजन संयन्त्रहरु सेकेण्ड कोलिजन संयन्त्र र फर्वार्ड कोलिजन संयन्त्रले दुर्घटनाको सम्भवानालाई घटाउँछ ।

ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एल २ स्तरको अटोमेटिक एसीसी ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रण भएको अनुभुति दिनेछ ।

गाडीको भित्री बनावट, लेदर सिट एवं धेरै लेग स्पेसले शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउने गाडीको सुरुवाती मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैंया छ । यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अट्लान्टिक ब्लुमा नेपालमा उपलब्ध हुनेछन् ।

एचएभीएल जोलियन

यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदै छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एनएम टर्क डिस्प्लेसमेण्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने कम्पनिको दावी छ ।

चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३% उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यस बाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टीरिंग र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको उदाहरणीय छन् । यस बाहेक एबीएस, एचएचसी र एचडीसी, ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्रले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनिकरण गर्दछ । टच स्क्रीन, अगाडि एलइडी लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । पाँच वटा रंगहरु ब्लु, ब्ल्याक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध गाडीको सुरुवाती मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैंया छ ।

पीओइआर पिक अप

यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिने गाडीमा १२० किलो वाट शक्ति र ४०० एनएम ढर्क डिस्प्लेसमेण्ट रहेको छ । ८४% उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । पहिलो पटक पिक–अप गाडीमा सनरुफ राखिएको छ ।

यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटका साथै एबीएस, एचएचसी र एचडीसी, भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थीरता प्रदान गर्दछ ।

स्पीड वार्निंग सिस्टमले गति माथि नियन्त्रण गर्न मद्धत गर्ने गाडीमा ९ इन्चको टच स्क्रीन र एण्ड्रोइड सपोर्ट उपलब्ध हुनेछ । अगाडि एलइडी लाईटिंग र पछाडी फोग लाईट रहेको गाडीको सुरुवाती मूल्य ६४ लाख ९९ हजार ९९९ रुपैंया रहेको छ ।

विश्वस्तरमा आफ्नो उपस्थिति बनाउने पहिलो चीनियाँ अटोमोबाईल कम्पनि ग्रेट वाल मोटर्सले सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरको थियो । विशेष गरी एसयूभी र ट्रकहरु निर्यात गर्दै आएको कम्पनीले प्यासेन्जर भेहिकल पनि निर्यात गर्न थालेको हो । चीन बाहेक ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत ग्रेट वाल मोटर्सले आफ्ना मोटर गाडीहरु बिक्री बितरण गर्दै आएको छ ।

ग्रेट वाल मोटर्सले निकट भविष्यमा ओरा बिद्यतीय गाडी नेपाली बजारमा ल्याउँदै छ । त्यस पछि विन्गले पिक–अप पनि ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।