आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच समझदारी


आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच समझदारी भएको छ । समझदारी अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ ।

यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्व रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीका कारण उक्त समझदारी भर्चयुल माध्यमबाट सम्पन्न गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।