वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

0
Shares

माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले समुद्घाटन गरे ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।