‘युरोकप विथ फोनलोन’ को विजेता, लक्ष्मी बैंकका अशोक कुमार खति

0
Shares

फोन लोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । असार १ गते देखी २३ गते सम्म चलेको यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् ।

उनले सामसङ्ग को ५५–इन्च स्मार्ट टिभी जितेका छन् । यसमा फोनलोन सन्जालका ५ बैंक – लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी भएका थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।

विजेता छनौट भने फोनलोनको ’विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।