नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने, साउन १२ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान

0
Shares


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको हो ।

कम्पनीले लगानी गर्नको लागि साउन १२ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंकहरुलाई आग्रह गरेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन फारम भरि शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ ।

कम्पनीले कति रकम लगानी गर्न चाहेको रकम भने खुलाएको छैन । रकम खुलाउँदा ब्याजदरमा प्रभाव पर्नसक्ने भएकाले मुद्दती निक्षेपमा लगानी गर्ने रकम नखुलाइएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।