ट्राफिक महाशाखाले उठाउने राजस्व घट्यो, गत आवमा करिब २१ करोड संकलन

0
Shares

महानगरीय ट्राफिक महाशाखाले आर्थिक वर्ष २०७७/२०७८ को असार मसान्त सम्ममा करिब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा साढे ५ करोड रुपैयाँले कम हो ।

महाशाखाले ट्राफिक नियम उलङ्घन गरेवापत गत आव भित्र ३ लाख ३० हजार ८६७ सवारीलाई कारवाही गरेको जनाएको छ । महाशाखाको कारबाहीमा परेका ती सवारी साधनबाट आव २०७७/७८ मा २० करोड ९६ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन भएको हो । जुन आव २०७६/०७७ को तुलनामा ५ करोड ४४ लाख ९३ हजार ५०० रुपैयाँले कम हो ।

महाशाखाले आव २०७६/०७७ मा ४ लाख १४ हजार ४८३ जनालाई कारबाही गरेको थियो । जसबाट महाशाखाले २६ करोड ४१ लाख ३९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

महाशाखाले उपत्यकाका विशेष तीन लिल्ला क्रमश ललितपूर, भक्तपुर र काठमाण्डौमा सवारी सुरक्षित, मर्यादित र व्यवस्थीत होस, नियम कानुनको पालना गरुन र गल्ती नगरुन भन्ने हेतुले राजस्व उठाउने गरेको जनाएको छ ।

उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सिमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलङ्घन गर्ने प्रवृतिका बढ्दो छ । यसै कारण पनि उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एवं चुनौतिपुर्ण रहेको महाशाखाको भनाई छ ।

मा.प.से. कारबाहीमा

महाशाखाले २०६८ साल मंसिर १७ गतेबाट मा.प.से कारबाही तथा राजस्व विवरण अभियानको सुरु गरेको हो । त्यसै अभियानमा २०६९ साल असोज १५ गतेबाट मा.प.से. कारबाहीमा परेका विरुद्ध मुद्धा चलाउन सुरु गरेको हो । तर २०७५ सालबाट भने मुद्धा चलाउन नमिल्ने भयो ।

महाशाखाले आर्थिक वर्ष २०७७/०७८ मा १० हजार ४८० जनालाई मा.प.से. कारबाही गरेको छ । जसमा ९६ जना महिला र ९ हजार १६३ जना पुरुष रहेका छन् । जसबाट ९ हजार २५९ रुपैयाँ राजस्व संकलन भएको महाशाखाले जनाएको छ ।

महाशाखाले आर्थिक वर्ष २०७६/०७७ मा २५ हजार ९४३ जनालाई मा.प.से. कारबाही गरेको थियो । जहाँ २९२ जना महिला र २५ हजार ६५१ जना पुरुष रहेका थिए । जसबाट महाशाखाले २२ हजार ६३२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

जुन अघिल्लो आवको तुलनामा १५ हजार ४६३ जना कम र १३ हजार ३७३ रुपैयाँ राजस्व घटेको हो ।

फुटपाथ तथा सडक पार्क कारबाही

त्यसैगरी ट्राफिक प्रहरी महाशाखाले आव २०७७/७८ मा फुटपाथ तथा सडक पार्क गर्ने २९ हजार २४७ जनालाई कारबाही गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११ हजार ३९० ले कम हो ।

अघिल्लो अर्था आ.व. २०७६/०७७ मा फुटपाथ तथा सडक पार्क गर्ने ४० हजार ६३७ जना कारबाहीमा परेका थिए ।

बढी भाडा कारबाहीमा

महाशाखाले आव २०७७/७८ मा मिटरमा जान नमान्ने, मिटर विगार्ने, भाडा अनियमितता गर्ने ५ हजार ६३६ जना चालकहरुलाई कारबाही गरेको छ । महाशाखाले गत आवमा ७ हजार ९१८ जनालाई कारबाही गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।