“नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सार्वजनिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले “नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सार्वजनिक छ । कम्पनीले केटाकेटी जीवन बीमा योजना ‘प्लान ५१’ नामक बीमा योजना बन्द गरि ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको हो ।

कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात साउन ६ गतेदेखि लागू हुने गरि उक्त योजना ल्याएको जनाएको छ ।

यस बीमालेखमा एक वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट दुई वर्ष पुरा भए पश्चात वा ७ वर्ष उमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वार्षिकोत्सव मितिदेखि र बीमितको उमेर ८,९ वर्षभएमा उनिहरुको उमेर १० वर्ष ूुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनिहरुको बीमाको वार्षिकोत्सव मितिदेखि मात्रै बीमालेख अन्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुने कम्पनीको जानकारी गराएको छ ।

बीमा जोखिम प्रारम्भ पछि बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत बीमाङ्क र मृत्यु हुँदासम्मको आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्ती भएपछि प्रस्तावकलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

उक्त बीमा योजनामा एक वर्षदेखि १७ वर्षसम्मका केटाकेटीको बीमा गर्न सकिनेछ । बीमा योजना खरिद गरेको एक वर्षदेखि जोखिम बहनको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । साथै, उमेरका आधारमा न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्मको लागि यो योजना खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।