साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै

0
Shares

महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्सले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ।

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरूको ३०–पोइन्ट चेक अपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरूले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने महिन्द्राले जनाएको छ। सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प यही श्रावण १४ र १५ गते नेपालभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ। यस क्याम्पमा सहभागी भई फाइदा लिनका लागि ग्राहकले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्न कम्पनीले आग्रह गरेको छ।

साथै, ग्राहकहरूले बुकिङ्गको लागि दिइएका टोल फ्री नम्बरहरु – १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सकिने छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।