एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभाका लागि साउन १४ गते शेयरधनी दर्ता किताब बन्द हुने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश लगायतका प्रस्ताव पारित गर्न कम्पनीले साउन २१ गते, बिहीबार रजिष्टार्ड कार्यालय, पानी पोखरीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको राखेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन १४ गते एक दिनका लागि शेयर धनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जस अनुसार साउन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने छ । कम्पनी ऐन अनुसार सभाले २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने लगाएतका सामान्य प्रस्ताव पारित गर्ने छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।