जनरल इन्स्योरेन्सको सिईओमा रामचन्द्र श्रेष्ठ

0
Shares


जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको साउन १२ गते सम्पन्न बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।

कम्पनीले श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सिईओ पदमा नियुक्त गरेको हो । यस अघि श्रेष्ठ कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

२०७७ साल चैत २४ गते सम्पन्न संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।