रिलायन्स लाइफद्धारा मृतक बीमितको परिवारलाई २ करोड ५० लाख हस्तान्तरण

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा गराएका मृतक बीमितको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीमा बीमा गरेका मृतककी पत्नी सपना मल्ललाई दाबी भुक्तानी दिएको हो।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले बीमाको दाबी भुक्तानी गर्दैनन् भन्ने कुरा सत्य नभएको पुष्टि गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मृतक बीमितको परिवारलाई उक्त रकमले सहयोग पुग्ने बताए । परिवारको सदस्य गुमाएको क्षणलाई आर्थिक रकमले ठुलो सहयोग पुग्ने उनको भनाई छ ।

इन्स्योरेन्स लिनु मात्रै ठुलो कुरा नभएको बताउँदै उनले आफ्नो आम्दानी, आवश्यकता, दक्षता अनुसार पोलिसी लिनु पर्ने बताए । उनले बीमा गर्नु अघि लिएको पोलिसीलाई निरन्तरता दिनका लागि आफ्नो आम्दानी लगायतका कुरा हेर्ने जरुरी रहने बताए ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निदेर्शक एंव प्रवक्ता राजु रमण पौडेल, कम्पनी सञ्चालक समितिका अध्यक्ष तारानाथ केडी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली लगाएतको उपस्थिति रहेको थियो ।

रिलायन्स लाइफले देशका विभिन्न ९७ शाखा कार्यालय मार्फत जीवन बीमा सम्बन्धी सेवा प्रदान दिँदै आएको बताउँदै यस आर्थिक वर्ष भित्रमा अन्य २२ शाखा कायाृलयहरु थप गर्ने उनले जानकारी दिए ।

मृतक बीमित विकले रिलायन्स लाइफमा २० वर्षे बीमा अवधिको पोलिसी खरिद गरेका थिए । उनले प्रथम बीमाशुल्क वापत ५ लाख २२ हजार ८२० रुपैयाँ कम्पनीलाई बुझाएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।