एनएलजी इन्स्योरेन्सको १०% बोनसपछिको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनसपछिको शेयर समायोजन गरेको हो ।

समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो।

बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ३१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बिहीबार समायोजित मूल्यकै आधारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले साउन २१ गते हुने १५ औँ वार्षिक साधारणले प्रस्तावित लाभांश पारित गर्नेछ । साधारण सभाका लागि आजदेखि कम्पनीको शेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।