युनियन लाइफको धितोपत्र पनि सोमबारदेखि दोस्रो बजारमा खरीद बिक्री गर्न सकिने

0
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर पनि सोमबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार २ करोड १५ लाख कित्ता शेयर सूचीकृत गरेसँगै सोमबारदेखि कम्पनीको शेयर खरीद बिक्री हुने बाटो खुलेको हो । नेप्सेमा शेयर सूचीकरणको दोस्रो कारोबार दिनदेखि नेप्सेमा कारोबारखुल्ने व्यवस्था छ । सोही अनुसार युनियन लाइफको शेयर पनि भोलिदेखि कारोबारमा आउने भएको हो ।

कम्पनीको दोश्रो बजारमा कारोबारका लागि यूएलआई कारोबार संकेत (सिम्बोल) प्रदान गरिएको छ । अब भोलिबाट यहि कारोबार संकेतमा युनियन लाइफको शेयर कारोबार सुरू हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११५.१३ रुपैयाँदेखि अधिकतम ३४५.३९ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार यहि कारोबार रेञ्जबाट भोलिदेखि कम्पनीको शेयर कारोबार खुलनेछ ।

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको थियो । उक्त शेयर असार ३१ गते बाँडफाँड भएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा ५ लाख ८० हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर हात पारेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।