राष्ट्रिय बीमा कम्पनीले ६४ कर्मचारी करारमा लिने, मान्यताप्राप्त कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान

0
Shares

राष्ट्रिय बीमा कम्पनीले ६४ जनालाई १ वर्ष करार अवधिका लागि रोजगारी दिने भएको छ । कम्पनीले प्रधान कार्यालय तथा कम्पनीको शाखा तथा उप शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बाह्य स्रोतबाट सुरक्षकर्मी तथा सवारी चालक, माली, इलेक्ट्रिोसियन/पलम्बर, सफाई कर्मचारी र कार्यालय सहयोगी आपूर्तिका लागि  कम्पनीले सूचना प्रकाशन गरेको हो ।

कम्पनीले कार्यालय सहयोगी ३५ जना, सफाइ कर्मचारी २ जना, माली १ जना, सुरक्षकर्मी २० जना, सवारीचालक ५ जना र इलेक्ट्रिोसियन/पलम्बर १ जनागरी जम्मा ६४ जना कर्मचारीको लागि नेपाल सरकारबाट स्वीकृत प्राप्त कम्पनीहरुबाट तोकिएको शर्तको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

उक्त पदका लागि इच्छुक, सक्षम तथा योग्यता पुगेका कम्पनीले ३ हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र फारम भर्न सक्नेछन् । बोलपत्र फारम भदौ १८ गते दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।