वित्तीय प्रणालीमा ५३ अर्ब अधिक तरलता, ४० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेपछि ’डिपोजिट कलेक्सन’ उपकरणको प्रयोग गरी ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

अधिक तरलतालाई सन्तुलन कायम गर्नका लागि गत साता मात्रै निक्षेप संकलन उपकरण मार्फत २० अर्ब रुपैयाँ तानेको केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको हो ।

गत साउन १३ गते बुधबार दुई साताका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाएको राष्ट्र बैंकले तरलता अझै बढेपछि उक्त निक्षेप परिपक्क नहुँदै पुनस् वित्तीय प्रणालीबाट रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा ५३ अर्ब बढी अधिक तरलता रहेको छ ।

केन्द्रिय बैंकले साउन २१ गते बिहीबार निष्कासन गर्ने ४० अर्बको निक्षेप संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो ।

केन्द्रिय बैंकले ७ दिनपछि पछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्कासन गर्न लागेको हो । सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ । यसको साँवा ब्याज भुक्तानी साउन २८ गते बुधबार हुनेछ ।

वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलनमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजीट कलेक्सन निष्कासन गर्न लगेको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।