सानिमा लाइफको आईपिओमा २ दिनमा पर्यो १५ लाख आवेदन


सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयरमा २ दिनमा १५ लाख जनाले आवेदन दिएका छन् । निष्काशन सुरु भएको दिन बुधबार नै ७ लाख २८ हजार ८४० वटा आवेदन परेकोमा बिहीबार साँझसम्ममा १४ लाख ९५ हजार ३८९ वटा आवेदन परेको केन्द्रिय निक्षेप प्रणाली सिडएससीले जनाएको छ ।

सिडिएससीका अनुसार बिहीबार साँझसम्ममा उल्लेखित आवेदकहरुले २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर माग गरेका छन् ।

शेयर निष्काशन सुरु भएको पहिलो दिन बुधबार साँझसम्ममा ७ लाख २८ हजार ८४० वटा आवेदन मार्फत १ करोड २० लाख १८ हजार २६० कित्ता शेयर माग भएको थियो ।

सानिमा लाईफ इन्स्योरेन्सले बुधबार देखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

सर्वसाधारणमा निष्काशति शेयरका आधारमा कम्पनीको शेयरमा ४.४० गूणा धेरै आवेदन परेको हो ।

कम्पनीको उक्त आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।