सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका २ योजनाले ३० प्रतिशत लाभांश दिने


सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युच्युअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले इकाइधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएका छन् । योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई उक्त प्रतिफल दिने भएका हुन ।

सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को गत आर्थिक वर्षको लेखापरिक्षण सकिएपछि व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश कर सहित रहेको क्यापिटलले जनाएको छ ।

कोरोना महामारीका कारण उद्योग व्यवसाय ठप्प रहेपनि शेयर बजार भने निरन्तर बढी नै रह्यो । शेयर बजारमा आएको निरन्तरको सुधारले सामुहिक लगानी कोषका योजनाहरुको आम्दानी बढेसंगै इकाइधनीलाई उच्च दरको लाभांश दिने सक्षम भएका हुन् । गत आवको आम्दानीबाट अन्य सामुहिक लगानी कोष योजनाहरुले पनि इकाइधनिलाइ उच्च दरको प्रतिफल दिने देखिन्छ ।

गत आर्थिक वर्षको नाफावाट सिद्धार्थ इक्वीटी फण्ण्डले ३० प्रतिशतका दर कुल ४५ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को पनि सोही दरमा हुन आउने कुल ३६ करोड रुपैयाँ प्रतिफलको रुपमा इकाइधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।