चन्द्र ढकालले धितोपत्र बोर्डको सञ्चालक भएकै बेला बेचेका थिए सर्वोत्तमको एक लाख कित्ता शेयर


नियामक निकायका प्रमुख तथा सञ्चालकहरु विवादमा तानिएको सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा अर्को एउटा तथ्यको खुलासा भएको छ । धितोपत्र बोर्डका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धितोपत्र बोर्डमा सञ्चालक रहेकै बेला सर्वोत्तम सिमेण्टको शेयर बिक्री गरेको भेटिएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आफ्ना भाई एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष ढकालको नाममा ओटीसी मार्केटबाट २ लाख कित्ता शेयर खरिद गरेका थिए । २०७७ माघ २६ गते ढकालको नाममा किनिएको उक्त शेयर मध्ये १ लाख कित्ता शेयर चैत १० गते हाथवे इन्भेष्टमेण्टलाई बिक्री गरेको खुलेको हो । ओटीसी मार्केटमा २०७७ साल चैत १० गते भएको कारोबारको कागजातले ढकालले नैतिक संकट निम्तिने गरी आफ्ना भाईको नाममा रहेको शेयर बिक्री गरेका हुन् ।

महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले सेबोनको बोर्ड बैठकमा प्रतिनिधित्व गरेपछि किनेका थिए सर्वोत्तमको शेयर

ढकालले धितोपत्र बोर्डको सञ्चालक भएपछि नै सर्वोत्तमको शेयर खरिद गरेको तथ्य यस अघि नै नोटबजारले सार्वजनिक गरिसकेको छ । तर ढकालले भने उद्योग वाणिज्य महासंघबाट आफु धितोपत्र बोर्डको सञ्चालक नियुक्त बन्नु पहिले नै शेयर खरिद गरेको भन्ने आशयको प्रेस विज्ञप्ति सार्वजनिक गर्न लगाएका थिए । ढकालको उक्त मुभले उनले नै सवोत्तमको शेयर खरिद गरेको हो भन्ने स्वीकारोक्ती दर्शाउनुका साथै तथ्य उल्टो बनाएर विज्ञप्ति पठाउन लगाएर महासंघको कार्यशैलीमा पनि प्रश्न चिन्ह उठाएका छन् ।

सर्वोत्तमको शेयर प्रकरणमा ढकाल बचाउमा महासंघ, तथ्य बङ्ग्याएर विज्ञप्ति

उता अर्थ मन्त्रालयले पनि सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा नियामक निकायका प्रमुखहरुको आबद्धताको विषयलाई लिएर अनुसन्धान गरिरहेको छ । यस क्रमममा मन्त्रालयले बिहीबार नेप्सेलाई सर्वोत्तमको ओटीसी मार्केटमा भएको शेयर कारोबारको सबै विबरण माग गरेको छ ।

अर्थ मन्त्रालयले माग्यो सर्वोत्तमको ओटिसी कारोबार विबरण

ओटीसी मार्केटमा सर्वोतम दर्ता भए देखि चैत १० गतेसम्मका विबरण समेटिएको सामग्री नोटबजारमा केही बेरमा प्रकाशित हुनेछ ।

धितोपत्र बोर्डका अध्यक्ष र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष नै शेयरको भित्री कारोबारमा संलग्न

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।