व्यवसायिक निरन्तरता कर्जा लिनेमा अधिकांश शैक्षिक संस्था

0
Shares

सरकारले कोरोनाका कारण उद्योग व्यवसायलाई निरन्तरता दिन समस्या नहोस भन्दै सुरु गरेको व्यवसायिक निरन्तरता कर्जा लिनेमा अधिकांश शैक्षिक संस्था रहेका छन् । चालु आर्थिक वर्षको जेठसम्ममा ९ शैक्षिक संस्था सहित एक दर्जनले ८२ करोड रुपैयाँ भन्दा धेरै व्यवसायिक निरन्तरता कर्जा लिएका हुन् ।

कोरोना महामारीका कारण कुनै पनि उद्योग व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्था आउन नदिन सरकारले सुहलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको थियो । त्यसका लागि सरकारले “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” जारी गरी कर्जा प्रदान गर्न सुरु गरेको हो ।

सरकारले कार्यविधि लागू गरेको करिब ६ महिनाको अवधिमा ४ वाणिज्य बैंकले १२ संघ संस्थालाई ८२ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसायिक निरन्तरता कर्जा प्रवाह गरेका छन् ।

कार्यविधि लागू भएको पनि करिब ६ महिना मात्र भएको हुनाले चालु आर्थिक वर्षको जेठसम्ममा गएको व्यवसायिक निरन्तरता कर्जाको आकार सकारात्मक नै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारले कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि यस्तो कर्जाको व्यवस्था गरेको हो । सरकारले ५० अर्ब रुपैयाँ बरावरको कोष खडा गरेर अधिकतम ६ प्रतिशतसम्म व्याज लिने गरी सुरु गरेको कर्जामा उद्योगी व्यवसायिको अकार्षण भने देखिएको छैन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिने गरी सुरु गरेको कर्जाको सीमा भने १० करोड रुपैयाँ रहेको छ ।

कार्यविधि अनुसार कोरोनाका कारण कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकि व्यवसायालाई निरन्तरता दिन नसक्ने अवस्था आएका अति प्रभावित घरेलु, साना तथा मझौला उद्योग तथा पर्यटन व्यवसायलाई १० कोरोड रुपैयाँ सम्म कर्जा दिने व्यवस्था छ । त्यसैगरी कोरोनाका कारण मध्यम प्रभावितका लागि ७ करोड र न्यून प्रभावितले ५ करोड रुपैयाँ सम्म यस्तो कर्जा लिन सक्नेछन् । व्यवसाय निरन्तरता कर्जा उपभोग गरेबापत उद्योगी व्यवसायीले पहिलो वर्ष वार्षिक ५ प्रतिशत र दोस्रो वर्ष ६ प्रतिशत गरी व्याज तिर्नु पर्ने व्यवस्था छ ।

कार्यविधि अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्ममा सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकले ५ वटा कर्जा प्रबाह गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले ३–३ वटा व्यवसायिक निरन्तरता कर्जा प्रबाह गरेका छन् । सो अवधिमा नेपाल बैंकले भने एउटा मात्र व्यवसायिक निरन्तरता कर्जा प्रबाह गरेको छ ।
व्यवसायिक निरन्तरता कर्जा लिने गैर शैक्षिक संस्थामा समिट एयरलाइन्स, मनकामना दर्शन, दवाडी एग्रो इन्टरप्राइजेज रहेका छन् । त्यसैगरी ९ शैक्षिक संस्थामा इन्ष्टिच्यूट देखि कलेजसम्म रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।