सन नेपाल लाइफको साधारण सभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ ल्याउने

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सको सोबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले सर्वसाधारणका लागि ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव सर्वसम्मत रुपपमा पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष अनुज कयालले व्यवसायिक क्रियाकलाप सन्तोषजन रहेको बताए । व्यवसायिक विस्तारमा कम्पनीमा आवद्ध कर्मचारी र अभिकर्ताहरुले निभाएको भुमिकालाई महत्वपूर्ण रुपमा लिनु पर्ने बताउँदै उनले आगामी दिनमा कर्मचारीको क्षमता अभिवृद्धिका लागि स्वदेशी तथा विदेशी ताििलम केन्द्रसँग सहकार्य गर्ने बताए ।

हाल देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा दिँदै आएको छ । आगामी दिनमा स्थानीय स्तरबाट बीमा सेवा दिँदै अघि बढ्ने लक्ष्य कम्पनीले लिएको छ । सभाले स्वतन्त्र विज्ञ संचालकमा नितु कयाललाई नियुक्त गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।